बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्च अदालत#दानबहादुर कार्की#अन्तरिम आदेश भएन#कोरलानाका#संसदीय समिति#होल्डिङ सेन्टर#हट्न अल्टिमेटम#आनी छोइङ डोल्मा#कारण देखाउ आदेश#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो #सर्वोच्च अदालत#दानबहादुर कार्की#अन्तरिम आदेश भएन#कोरलानाका#संसदीय समिति#होल्डिङ सेन्टर#हट्न अल्टिमेटम#आनी छोइङ डोल्मा#कारण देखाउ आदेश#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो
समाचार

आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश

मंसिर १४ गते दुवै पक्षलाई छलफलका लागि बोलाइयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश
काठमाडौं, मंसिर ९ :

सर्वोच्च अदालतले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। सर्वोच्चले विपक्षीहरूलाई रिट निवेदकको मागबमोजिम आदेश जारी गर्नुपर्ने वा नपर्ने आधार र कारण खुलाउँदै लिखित जवाफ पेस गर्न भनेको छ। मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा कोष र उपाध्यक्ष डोल्माले आफ्ना कानुन व्यवसायीमार्फत जवाफ पेस गर्नुपर्नेछ।

रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा आगामी मंसिर १४ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत भएको छ। रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र नवनियुक्त उपाध्यक्ष डोल्मालाई विपक्षी बनाइएको छ।

उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भएको दाबीसहित नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार