बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्च अदालत#दानबहादुर कार्की#अन्तरिम आदेश भएन#कोरलानाका#संसदीय समिति#होल्डिङ सेन्टर#हट्न अल्टिमेटम#आनी छोइङ डोल्मा#कारण देखाउ आदेश#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो #सर्वोच्च अदालत#दानबहादुर कार्की#अन्तरिम आदेश भएन#कोरलानाका#संसदीय समिति#होल्डिङ सेन्टर#हट्न अल्टिमेटम#आनी छोइङ डोल्मा#कारण देखाउ आदेश#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो
राजनीति

दानबहादुर कार्कीको मुद्दामा अन्तरिम आदेश भएन

लिखित जवाफ परेको ७ दिनभित्रै पेसी तोक्न आदेश
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २४ मिनेट अगाडि प्रकाशित
दानबहादुर कार्कीको मुद्दामा अन्तरिम आदेश भएन
काठमाडौं, मंसिर ९ :

सर्वोच्च अदालतले महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो । विपक्षीहरूबाट लिखित जवाफ परेपछि सात दिनभित्रै पेसीमा चढाउन र पेसी नहटाउने पूर्वसूचना दुवै पक्षलाई दिन पनि आदेश भएको छ ।

कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न र नयाँ नियुक्ति पाएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार