काठमाडौं, मंसिर ८ :
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा मंगलबारबाट सुरु बैठकमा समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा सभापति गगनकुमार थापाले सम्बोधन गर्नु गरेका थिए ।
त्यस्तै महामन्त्री प्रदीप पौडेलले संगठनको आगामी कार्यभार हामी तयार छौँ अभियान , भोटेकोशी र बुढीगण्डकी विपद् पछिको पुनःस्थापना र पुनर्निर्माण, विस्थापित सुकुम्बासीहरूको व्यवस्थापन लगायत नागरिक सरोकारका विषय, सरकारका पछिल्ला गतिविधिहरू शीर्षकको कार्यसूचीहरु प्रस्तुत गरेका थिए ।
साथै बैठकमा स्थानीय निर्वाचनबारे प्रारम्भिक छलफल सुरु भएको कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाले जानकारी दिए । केन्द्रीय कार्यसमितिको बैठक बुधबार केन्द्रीय कार्यालयमा पुनः बस्ने उनले बताए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति देखियो, कांग्रेस चुप लागेर बस्दैन’
गगन थापाले भने- कांग्रेसको १५ औं महाधिवेशन भइसक्यो, पार्टीकै नाममा अर्को महाधिवेशन गर्न मिल्दैन
कांग्रेस केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचन र बाढीपीडितको पुनःस्थापनाको विषयमा छलफल