बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा #नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा
प्रदेश कोसी प्रदेश अर्थतन्त्र कर्पोरेट

प्रधानमन्त्री शाहको भारत भ्रमणबाट मोरङ उद्योग व्यापार संघ उत्साहित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ७ घण्टा अगाडि प्रकाशित
प्रधानमन्त्री शाहको भारत भ्रमणबाट मोरङ उद्योग व्यापार संघ उत्साहित
मोरङ, मंसिर ८ :

मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट आफूहरु उत्साहित भएको जनाएको छ ।

मंगलबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्रीको भ्रमणले दुई देश बीच देखिएको असन्तुष्टि र असमझदारी अन्त्यका लागि भ्रमण कोशेढुंगा साबित भएको र सम्बन्ध सुधारमा नयाँ आयाम थपेको जनाएको हो ।

मुख्यरुपमा भारतबाट हुने आर्थिक सहयोग, गुजरातको काँडला बन्दरगाह र ओडिसाको पारादिप बन्दरगाह उपयोगका कुरा र झापा सिलिगुडी पाइपलाइन शिलान्यासले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल कुमार साहले बताए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणबाट आफुहरु उत्साहित भएपनि जुट निर्यातमा एण्टीडम्पिङ ड्युटी र बिआईएस नविकरण बारे छलफल नहुनु दुखद भएको बताए । 
प्रधानमन्त्रीको भारत भ्रमणमा क्रिकेट खेलको विकास र विस्तारका साथै र्पूवाधार निर्माणमा  भारतको सहयोगले र्पूवका खेल पर्यटनमा निकै सहयोग पुग्ने उद्योगी व्यवसायीको भनाई छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार