प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगै जहाजमा खिचिएको तस्बिर सेयर गर्दै ‘देश उँभो लाउने टोली’को संज्ञा दिएका छन्।
भारत भ्रमणका क्रममा जहाजमा खिचिएको उक्त तस्बिर प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। तस्बिरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल जहाजभित्र उभिएको देखिन्छ। तस्बिरसँगै उनले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’
प्रधानमन्त्री शाहले यसअघि पनि मन्त्रिपरिषद्का सदस्यहरूसँगका तस्बिर सार्वजनिक गर्दै उनीहरूको प्रशंसा गरेका थिए। उनले सुधन गुरुङ र सुनिल लम्सालसँगै बसेको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भनेका थिए।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफ्ना सहकर्मी मन्त्रीहरूको प्रशंसा गर्ने र उनीहरूसँगका तस्बिर सार्वजनिक गर्ने क्रमलाई निरन्तरता दिइरहेका छन्। यसले मन्त्रिपरिषद्का अन्य सदस्यहरूका तस्बिर र उनीहरूप्रति प्रधानमन्त्रीको टिप्पणीलाई लिएर पनि चासो बढाएको छ।
प्रधानमन्त्रीले आफू निकटकालाई मात्र नभई मन्त्रिपरिषद्का सबै सदस्यको योगदानलाई समान रूपमा सम्बोधन गरेको खण्डमा यसले सरकारभित्रको सामूहिक भावना तथा उत्साह झन् बढाउने विश्वास गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेस केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचन र बाढीपीडितको पुनःस्थापनाको विषयमा छलफल
चलचित्र जाँचमा हाइब्रिड मोडेल अपनाउन सकिने : सञ्चारमन्त्री तिमिल्सिना
सुनकोसी-मरिण डाइभर्सनको ठेक्का रद्द प्रकरण : सात दिनभित्र सम्पूर्ण कागजात बुझाउन समितिको निर्देशन