मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क#ट्राफिक नियम उल्लङ्घन#सवारीचालक कारबाही#कांग्रेस केन्द्रीय समिति#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#अयोध्या#देश उँभो लाउने टोली#देश बनाउने टोली#सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना#हवाई फायर #नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क#ट्राफिक नियम उल्लङ्घन#सवारीचालक कारबाही#कांग्रेस केन्द्रीय समिति#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#अयोध्या#देश उँभो लाउने टोली#देश बनाउने टोली#सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना#हवाई फायर
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचन र बाढीपीडितको पुनःस्थापनाको विषयमा छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
कांग्रेस केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचन र बाढीपीडितको पुनःस्थापनाको विषयमा छलफल
ललितपुर, मंसिर ८ :

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी छ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनको तयारी र बाढीपीडितको पुनःस्थापनाको विषयमा छलफल भइरहेको छ ।

विशेषगरी आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई केन्द्रमा राखेर पार्टीको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ। त्यसैगरी प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना र नागरिकका विभिन्न सरोकारका विषय पनि बैठकको एजेन्डामा समेटिएका छन्। केन्द्रीय सदस्यलाई बोल्न पाँच मिनेटको समय निर्धारण गरिएको छ ।

भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा बाढीपहिरोबाट विस्थापित भएका नागरिकले लामो समय बितिसक्दा पनि उचित पुनःस्थापना हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन्। केही दिनअघि स्थलगत अनुगमनका क्रममा प्रभावितहरूले कांग्रेस सभापति गगनकुमार थापासमक्ष आफ्ना समस्या र गुनासा राखेका थिए।

त्यसक्रममा सभापति थापाले आवश्यक परे राज्यले निजी सम्पत्तिसमेत खरिद गरेर भए पनि विस्थापित नागरिकको उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार