मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क#ट्राफिक नियम उल्लङ्घन#सवारीचालक कारबाही#कांग्रेस केन्द्रीय समिति#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#अयोध्या#देश उँभो लाउने टोली#देश बनाउने टोली#सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना #अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क#ट्राफिक नियम उल्लङ्घन#सवारीचालक कारबाही#कांग्रेस केन्द्रीय समिति#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#अयोध्या#देश उँभो लाउने टोली#देश बनाउने टोली#सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना
राजनीति

सुनकोसी-मरिण डाइभर्सनको ठेक्का रद्द प्रकरण : सात दिनभित्र सम्पूर्ण कागजात बुझाउन समितिको निर्देशन

आयोजनाको समग्र प्रगतिमा परेको प्रभावबारे विस्तृत अध्ययन गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४ घण्टा अगाडि प्रकाशित
सुनकोसी-मरिण डाइभर्सनको ठेक्का रद्द प्रकरण : सात दिनभित्र सम्पूर्ण कागजात बुझाउन समितिको निर्देशन
काठमाडौं, मंसिर ८ :

संघीय संसद्को सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

मंगलबार बसेको समितिको बैठकले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि ठेक्का रद्दसँग सम्बन्धित सम्पूर्ण विवरण र कागजात उपलब्ध गराउन निर्देशन दिएको हो।

समितिका सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात बुझाउन निर्देशन दिइएको जानकारी दिए। प्राप्त कागजातको अध्ययनपछि ठेक्का रद्द गर्नुको कारण, अपनाइएको प्रक्रिया र त्यसबाट आयोजनामा परेको प्रभावबारे थप छलफल गरिने उनले बताए।

सभापति खड्काले राष्ट्रिय गौरवका आयोजना ढिलाइ हुँदा त्यसको असर कुनै एउटा प्रदेशमा मात्र सीमित नहुने उल्लेख गर्दै सुनकोसी–मरिण डाइभर्सनको ढिलाइले मधेस प्रदेशसँगै समग्र मुलुकलाई क्षति पुग्ने बताए।

‘मधेस अन्नको भण्डार हो। हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरू जति ढिलो हुन्छन्, त्यसबाट मधेसलाई मात्र नभई सिंगो नेपाललाई नै क्षति पुग्छ,’ उनले भने।

उनले ठेक्का तथा टेन्डर रद्द हुँदा हुने प्रत्यक्ष आर्थिक नोक्सानीलाई मात्र आधार बनाएर मूल्यांकन गर्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्नेमा जोड दिए। आयोजना रद्द वा ढिलाइ हुँदा त्यसको मूल उद्देश्य प्राप्तिमा पर्ने असर र मुलुकले व्यहोर्नुपर्ने समग्र क्षतिको समेत समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

समितिले सम्बन्धित निकायबाट कागजात प्राप्त भएपछि आयोजनाको ठेक्का रद्द गर्नुपर्नाको औचित्य, त्यसका लागि अपनाइएको प्रक्रिया, आर्थिक दायित्व तथा आयोजनाको समग्र प्रगतिमा परेको प्रभावबारे विस्तृत अध्ययन गर्ने जनाएको छ। त्यसपछि समितिमा व्यापक छलफल गरी आवश्यक निष्कर्षमा पुगिने सभापति खड्काले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार