बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कोरलानाका#संसदीय समिति#होल्डिङ सेन्टर#हट्न अल्टिमेटम#आनी छोइङ डोल्मा#कारण देखाउ आदेश#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो#नेपालको ऋण #कोरलानाका#संसदीय समिति#होल्डिङ सेन्टर#हट्न अल्टिमेटम#आनी छोइङ डोल्मा#कारण देखाउ आदेश#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो#नेपालको ऋण
राजनीति

निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसको संशोधित विधान र नयाँ कार्यसमितिको विवरण अद्यावधिक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसको संशोधित विधान र नयाँ कार्यसमितिको विवरण अद्यावधिक
काठमाडौं, मंसिर ९ :

निर्वाचन आयोगले नेपाली कांग्रेसको संशोधित विधान र नयाँ कार्यसमितिको विवरण अध्यावधिक गरेको छ।  १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई  आयोगले अध्यावधिक गरेको हो। गत असोज १८देखि २३ मा सम्पन्न  महाधिवेशनबाट निर्वाचित भएर आएको २३१ सदस्यीय नयाँ कार्यसमितिलाई अध्यावधिक गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए।

कांग्रेसले उक्त विवरण गत कात्तिक १६ गते आयोगसमक्ष बुझाएको थियो।  जसमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण, संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज र निर्णयहरू रहेका थिए।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ को उपदफा ३ मा पदाधिकारी हेरफेर भएमा आयोगले दल दर्ता किताबमा सोहीबमोजिम विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ।  सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी विधाराधीन छ। विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आयोगले माग २ मा मान्यता दिएपछि देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चले गत साउन २१ मा पुनरावलोकनको निस्सा दिएपछि आधिकारिकतासम्बन्धी विवाद फेरि अदालतमा विचाराधीन छ। थापाको नेतृत्वमा एउटा महाधिवेशन भइसकेको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अर्को महाधिवेशन गर्दैछन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार