काठमाण्डौँ , कात्तिक १२ :

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ । 

घरेलु मैदान सेन्टियागो बर्नबेउमा आज बिहान भएको खेलमा रियल मड्रिड ४- ० गोलले पराजित भएको हो ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले दुई तथा लामिन यामल र राफिन्हाले एक/ एक गोल गरे । बार्सिलोना ११ खेलमा ३० अङ्कका साथ शीर्ष स्थानमा छ  । २४ अङ्क भएको रियल मड्रिड दोस्रो स्थानमा रहेको छ ।