
कात्तिक १२ :
साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल अहिले दशरथ रंगशालामा जारी छ ।
पहिलो हाफ सकिँदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन।
नेपालले पटक पटक पाएको अबसरलाई गोलमा परिणत गर्न सकेन ।
पहिलो हाफको अन्तिममा नेपाली खेलाडी रेखा पौडेलले पहेँलो कार्ड पाइन् ।