प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउनेहरू अहिले क्रियाशील रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीको आफूहरूले स्टन्टबाजीको रूपमा कुनैपनि काम नगर्ने बताउदै संविधान संशोधन लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो भन्नुभयो ।
नेपाली कांगेस र नेकपा एमालेको यो समिकरणले संविधान संशोधन जस्तो कुरा गर्दा कसैलाई झुक्याउने र स्टन्टबाजि गर्दैन भन्नुहुदै प्रधानमन्त्रीले भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ ।
आइतबार एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहणमा उहाले सत्तारुढ गठबन्धनले कुनै पनि खालको भ्रम सृजना गर्ने गरी काम नगर्ने प्रष्ट्याउनुभयो ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस-एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको बताउनुभयो । उहाले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोसिस भइरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।