मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र सेयर बजार

नेप्से २७ दशमलव ४१ अंकले बढ्यो, कारोबार ५ अर्बको हाराहारीमा

· सोमबार, १३ कात्तिक, २०८१ मा प्रकाशित
नेप्से २७ दशमलव ४१ अंकले बढ्यो, कारोबार ५ अर्बको हाराहारीमा
काठमाडौँ, कात्तिक १३ :

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । 

आज नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले बढेको हो । नेप्से परिसूचक आज दुई हजार छ सय ४५ दशमलव ३६ अंकमा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स तीन दशमलव १४ अङ्कले बढेर ४ सय ७२ दशमलव ९५ मा पुगेको छ ।

 कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ । 

कूल एक करोड चार लाख १८ हजार नौ सय २६ कित्ता शेयर पाँच अर्ब ३४ करोड ४८ लाख नौ सय १२ मूल्यमा खरिद बिक्री भएको छन । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार