शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

साँगा-धुलिखेल सडक विस्तारले विद्युत्का खम्बा व्यवस्थापनमा कठिनाइ

· आइतबार, २१ साउन, २०८१ मा प्रकाशित
saga-dhulikhel-sadak
काठमाडौँ, साउन २१ :

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको सीमास्थल साँगादेखि धुलिखेलसम्म सडक विस्तारका क्रममा विद्युत् व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको छ । सडक किनारामा खम्बा गाड्दा विद्युत् लाइन घर नजिक हुने भएकाले विद्युत् व्यवस्थापनका लागि कठिनाइ भएको हो । 

हाल सडक विस्तार कार्य भइरहँदा धुलिखेलतर्फबाट विद्युत्का खम्बा धमाधम गाड्न सुरु गरि  ‘एङ्गल’ राख्ने काम भैरहेको छ । यसपछि तार टाँगिनेछ । धुलिखेलतर्फबाट बुडोलसम्म खम्बा गाडीसकेपछि मुख्य बजार बनेपामा भने विद्युत् व्यवस्थापनमा समस्या देखिएको हो । सडक दायाँबायाँका घरका झ्यालमा विद्युत्का तार पुग्ने भएकाले व्यवस्थापनमा कठिनाइ देखिएको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले जानकारी दिनुभयो ।

प्रमुख दासले बनेपा बजार क्षेत्रमा विद्युत्बाट कुनै पनि समस्या ननिम्त्याउन दीर्घकालीन समाधान खोजिरहेको बताउनुभयो । 

सूर्यविनायक-धुलिखेल सडकखण्ड पूर्वाधार निर्माणमा ८८ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार