सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा #डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा
समाचार खेलकुद क्रिकेट

इङ्ग्ल्याण्डमाथि नेपालको ६ विकेटको जित

· शुक्रबार, १७ कात्तिक, २०८१ मा प्रकाशित
इङ्ग्ल्याण्डमाथि नेपालको ६ विकेटको जित
काठमाण्डौं, कात्तिक १७ :

नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पुर्व विजेता इङ्ग्ल्याण्डलाई ६ विकेटले  पराजित गरेको छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा पुर्व विजेतामाथि ६ विकेटको सानदार जित हात पारेको हो ।

इङ्ग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो नेपालको जितमा कप्तान सन्दीप जोराले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ५० रनले बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट २० रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

प्रतियोगितामा नेपाल समूह बी मा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग रहेको छन् । आफ्नो दोस्रो खेलमा शनिवार नेपालले अस्ट्रेलियाको सामना गर्नेछ ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा साविक विजेता दक्षिण अफ्रिका,न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल,इङ्ग्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।

समूह ‘सी’ मा भारत,पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका,बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार