सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा #डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश खेलकुद क्रिकेट

यू- १९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको लगातार तेस्रो जित

· शुक्रबार, १७ कात्तिक, २०८१ मा प्रकाशित
यू- १९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको लगातार तेस्रो जित
बैतडी, कात्तिक १७ :

नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष एकदिवसीय  राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ ।

पहिलो खेलमा कर्णाली प्रदेशलाई,  दोस्रो खेलमा गण्डकी प्रदेशलाई र आज भएको तेस्रो खेलमा मधेश प्रदेशलाई ११ रनले पराजित गर्दै तेस्रो जित निकालेको हो ।

सुदूरपश्चिमले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको मधेश ४३।४ ओभरमा १०८ रनमा अलआउट भयो । मधेशका मयन यादवले सर्वाधिक ४७ रन जोडे । सुदूरपश्चिमका नरेन साउदले ४, कप्तान हेमन्त धामी र सचिन भट्टले २÷२ विकेट हात पारे ।

यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रङ्गशालामा पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४२ ओभरमा ११९ रनमा समेटियो । जसमा नरेन भट्टले अविजित ४४ र युवराज खत्रीले २५ रनको योगदान गरे ।

मधेसका अफ्रदिन रैनले ४ र रन्जित कुमारले ३ विकेट झारे । जितसँगै सुदूरपश्चिम ४ खेलबाट ६ अङ्कका साथ दोस्रो स्थानमा यथावत् छ । मधेश भने चौथो स्थानमा छ ।

यही कात्तिक २१ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार