सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा #डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा
समाचार खेलकुद क्रिकेट

नेपालद्वारा कुवेतलाइ जितका लागि १३१ रनको लक्ष्य प्रस्तुत

· बिहीबार, २३ कात्तिक, २०८१ मा प्रकाशित
नेपालद्वारा कुवेतलाइ जितका लागि १३१ रनको लक्ष्य प्रस्तुत
काठमाण्डौँ , कात्तिक २३ :

आइसिसी यु- १९ महिला टि- २० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको छ । 

संयुक्त अरब इमिरेट्स (युएई) को अजमानस्थित द सेभेन क्रिकेट रङ्गशालामा आज टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रन बनाएको हो । 

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन् । उनले ३८ बलमा चार चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाएकी हुन् । साना प्रवीणले १८ बलमा २५ रन बनाइन् । उनले सो क्रममा पाँच चौका प्रहार गरेकी थिइन् ।

ज्योत्सिन्का मरासिनीले १८ बलमा एक चौकाको मद्दतले २३ रन बनाइन् । नेपालका लागि सावित्री धामी र सोनी पाख्रिनले समान छरछ रन बनाए भने सीमा केसीले चार रन बनाइन् । कृश्मा गुरुङले एक रनको योगदान दिइन् भने रचनाकुमारी चौधरी र रिया शर्माले भने एक रन पनि जोड्न सकेनन् । 

कुवेतका लागि आयशा इकबाल पेवेकरले दुई विकेट लिइन् । जिफा जिलानी र अमिषाराम ओलाचेरीले समान एक/ एक विकेट लिए । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । 

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार