शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध #जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध
समाचार

लेबनानमा नेपाली नागरिकहरू सुरक्षित: परराष्ट्र मन्त्रालय

· सोमबार, २२ साउन, २०८१ मा प्रकाशित
लेबनानमा नेपाली नागरिकहरू सुरक्षित: परराष्ट्र मन्त्रालय
काठमाण्डौं, साउन २२ :

सरकारले लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमा जारी गर्दै  लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको जनाएको हो । उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको समेत मन्त्रालयले जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरूपमा सचेत रहेको छ । हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।

त्यस्तै, मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिकहरू तथा उहाँहरूका आफन्तहरूले कायरोस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । 

मन्त्रालयका अनुसार नेपाली राजदूतावास कायरोका द्वितीय सचिव दीपक घिमिरेलाई +२०१०९७७७२३४८ र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई +९७७९८४९१७९५२० मा सम्पर्क गर्न सकिनेछ ।

साथै, लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि नेपाली राजदूतावास, कायरोको वेबसाइटमा रहेको लिङ्क https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebabon/मार्फत् आवश्यक विवरण उपलब्ध गराउनुहुन समेत लेवनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई अनुरोध गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार