मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

युवा महिला खेलाडीलाई जनही २ लाख ५० हजार रुपैँया दिने क्यानको निर्णय

· बिहीबार, ३० कात्तिक, २०८१ मा प्रकाशित
युवा महिला खेलाडीलाई जनही २ लाख ५० हजार रुपैँया दिने क्यानको निर्णय
काठमाडौँ, कात्तिक ३० :

नेपाल क्रिकेट संघ(क्यान) ले आइसिसी यु-१९ महिला टि-२० विश्वकपमा पुगेको नेपाली महिला टोलीका खेलाडी तथा अफिसियलहरुलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको छ । 

क्यानले आज विज्ञप्ती जारी गर्दै महिला युवा टोलीलाई पहिलो पटक  विश्वकपमा छनोट गराउन सफल खेलाडीलाई जनही २ लाख ५० हजार तथा अफिसियलहरुलाई जनही १ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने जनाएको छ । 

हिजो युएईलाई ८ विकेटलाई पराजित गर्दै नेपालको यु-१९ महिला टोली आगामी वर्षको जनवरीमा मलेसियामा हुने यु १९ महिला विश्व कपमा छनोट भएको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार