सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा #डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा
समाचार खेलकुद क्रिकेट

पूजा महतो जनकपुर बोल्ट्सको फेस अफ द बोल्ट्समा नियुक्त

· सोमबार, ४ मंसिर, २०८१ मा प्रकाशित
पूजा महतो जनकपुर बोल्ट्सको फेस अफ द बोल्ट्समा नियुक्त
काठमाण्डौं, मंसिर ४ :

नेपाली यु १९ महिला राष्ट्रिय टोलीकी कप्तान पूजा महतोलाई जनकपुर बोल्ट्सले फेस अफ द बोल्ट्स नियुक्त गरेको छ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल टोली जनकपुर बोल्ट्सले आज पूजालाई फेस अफ द बोल्ट्समा नियुक्त गरेको हो ।

जनकपुर बोल्ट्समा पुबुदु दासानायके मुख्य प्रशिक्षकको रुपमा रहेका छन् ।

पुजा महतोको कप्तानीमा नेपाल पहिलो पटक यु १९ विश्वकपमा छनोट भएको थियो ।

एनपिएल नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म आयवजना हुँदैछ । एनपिएलमा ८ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

जनकपुर बोल्ट्सको टोलीमा आसिफ शेख, अनिलकुमार शाह, मोहम्मद मोहसिन, किशोर महतो, शेर मल्ल,  ललितनारायण राजवंशी, जिमी निशम, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, हेमन्त धामी, सोयब मक्सद,आकाश त्रिपाटी, जोशुवा ट्रम्प र लाहिरु मिलन्था रहेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार