बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
राजनीति

विभिन्न तीनवटा समितिको बैठक बस्दै

· बुधबार, ६ मंसिर, २०८१ मा प्रकाशित
samsad-sachibalaya
काठमाण्डौँ , मंसिर ६ :

सङ्घीय संसद् अन्तर्गत तीनवटा समितिका बैठक आज बस्दैछन् । 

अर्थ समितिको बैठक सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कारबाहीका लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्री सहितको उपस्थितिमा छलफल हुने छ । 

यस्तै, मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व सङ्कलनको अवस्था र भन्सार कार्यालयहरूले ब्यहोर्नु परेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समिति बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक- २०८१ मा दफावार छलफल हुनेछ । 

यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे नै बस्दै छ।

बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार