बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
राजनीति

कैलाली जिसस प्रमुखमा काँग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित

· बुधबार, ६ मंसिर, २०८१ मा प्रकाशित
कैलाली जिसस प्रमुखमा काँग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित
कैलाली, मंसिर ६ :

 कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुनुभएको छ ।

 प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

नेपाली काँग्रेसबाट कैलारी गाउँपालिका–२ का सदस्य टीकाकुमारी र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमतिले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

आज नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिनुभएको थियो । 

यसअघि ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा पनि नेपाली काँग्रेसका उम्मेद्वार टेकराज भट्टराई निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार