मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार प्रदेश लुम्बिनी प्रदेश

नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

· बिहीबार, ७ मंसिर, २०८१ मा प्रकाशित
नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न मुख्यमन्त्री आचार्यको निर्देशन
लुम्बिनी, मंसिर ७ :

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल- गोरुसिङ्गे सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुने गरी काम अघि बढाउन निर्देशन दिनुभएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज विश्व बैंकका सिनियर ट्रान्सपोर्ट विज्ञ आमले साजापाक्षेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा उहाँले सडकको दुवै किनारको काम सकेर मात्रै कालोपत्र उप्काएर काम अघि बढाउन निर्देशन दिनुभएको हो । 

बुटवल- नारायणघाट सडक विस्तार गर्दा समस्या भोग्नुपरेको भन्दै अब त्यस्तो समस्या नपरोस भन्दै आवागमनलाई कुनै बाधा नपुग्नेगरी सडक विस्तारको कामलाई गति बढाउने बारेमा धेरै विकल्प खोजेर काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

बुटवल- गोरुसिङ्गे सडक विस्तारको काम ३४ अर्ब  लगानीमा हुँदैछ । पूर्व- पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्मको ६९ किलोमिटर सडक क्षेत्र छ । 

उक्त दुई लेनको सडक अब चार लेनको बन्ने छ । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन गुड्नसक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री हुने जानकारी गराइएको छ । 

यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल- भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीसँग जोडिन्छ । 

मुख्यमन्त्री आचार्यले समस्या भएका क्षेत्रको पहिचान गरेर भू- क्षय नियन्त्रणदेखि पर्यटन विकाससँग जोडिएका क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार