
बागलुङ, मंसिर ११ :
धौलागिरि बहुमुखी क्याम्पसमा बिबिए तहमा अध्ययनरत छात्र लक्ष्मण रिजाल गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन् ।
क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बिबिए तहमा गौतमले गण्डकी प्रदेशमा सर्वोत्कृष्ट नतिजा ल्याएको जानकारी दिनुभयो ।
गत वर्ष पनि सोही तहमा क्याम्पसकै छात्रा प्रतीक्षा गौतम देशभरमै प्रथम भएकी थिइन् । हरेक सेमेस्टरमा उनीहरु उत्कृष्ट भएका छन् भने लगातार शतप्रतिशत परीक्षाफल निकाल्न क्याम्पस सफल भएको क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो ।