शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार कृषि

काठमाडौंमा तरकारीको बीउ सम्बन्धी राष्ट्रिय हर्टिकल्चर सम्मेलन सुरु

· सोमबार, ११ मंसिर, २०८१ मा प्रकाशित
काठमाडौंमा तरकारीको बीउ सम्बन्धी राष्ट्रिय हर्टिकल्चर सम्मेलन सुरु
काठमाण्डौँ , मंसिर ११ :

काठमाडौँमा १५ औं राष्ट्रिय हर्टिकल्चर सम्मेलन सुरु भएको छ । 

नेपाल हर्टिकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो ।

सम्मेलनको उद्‌घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गरी वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । 

सबै कृषिजन्य बालीहरुको उत्पादनको आधारभूत स्रोत बीउ नै भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिनुभयो । 

आलु तथा मसालाबाली क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी निकायहरूका साथै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको मन्त्री अधिकारीले बताउनुभयो ।

नेपालका रैथाने बीउ बिजनको संरक्षण अपरिहार्य रहेकोमा जोड दिनुहुँदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालसालै बीउ बिजन नियमावली संशोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरु, विज्ञ, तरकारी बीउ उत्पादकहरु र कृषकहरुको सहभागीता रहेको छ ।

सम्मेलनमा आलु, मसलाबाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मूल्य श्रृङ्खला, जलवायु परिवर्तन, जैविक विविधता, बीउसम्बन्धी कानुनहरुका बारेमा छलफल हुने बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार