काठमाडौँ, साउन २४ :

संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउँने भएको छ ।

दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाएको कार्यदलले अहिले बिहान ११ बजे प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन लागेको हो ।

आजै अन्य दलका शीर्ष नेताहरूलाई पनि प्रतिवेदन बुझाउने कार्यक्रम रहेको गृहमन्त्री तथा कार्यदलका सदस्य समेत रहनुभएका रमेश लेखकले जानकारी दिनुभयो ।

गत असार १३ गते प्रमुख तीन दलका शीर्ष नेताको छलफलले कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनेको थियो । 

कार्यदलले द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने र पीडित परिवारलाई कस्तो प्रकारको परिपूरण दिने भन्ने विषयमा दलहरुसँगको सहमतिमा प्रतिवेदन तयार पारेको हो ।