
काठमाडौँ, साउन २४ :
प्रधानमन्त्री केपी ओली नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न जानुहुने भएको छ।
प्रधानमन्त्री ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेर आज साँझ ५ बजे नेपाल र भारतबीचको खेल हेर्न जान लाग्नुभएको हो ।
लिग चरणमा भारतलाई पराजित गरेको नेपाल आज उपाधिका लागि उच्च मनोवलका साथ मैदान उत्रदै छ ।