काठमाडौँ, साउन २४ :

बुधबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो । सोमबार मात्रै सुनको मुल्य तोलामा १ लाख ५० हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो ।

आज चाँदी तोलामा १ हजार ७१० रुपैयाँ कायम भएको छ ।