साउन २४ :
पहिरो पन्छाएपछि मुग्लिन - मलेखु सडकमा यातायातका साधन सञ्चालनमा आएका छन् ।
आज बिहानै पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दी खोलामा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।
सडकमा ठुलो पहिरो खसेकाले पन्छाउन धेरै समय लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।