
नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गर्दै दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरेको छ ।
कार्यालयको विज्ञप्तिमा भनिएको छ उडेको ३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भई शिवपुरी गाउँपालिका वडा नं. ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दार कार्यका लागि प्रभु हेलिकप्टरको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको व्यहोरा समेत उल्लेख गरेको छ ।
दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाइलट र ४ जना चिनियाँ नागरिक सहित ५ जना रहेका छन् । ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन अरुण मल्ल रहेका छन् ।
