बागमती, मंसिर २० :
शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका- ६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ ।
लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारका क्रममा निजको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी श्यामु अर्यालले बताउनुभयो ।