
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जस अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रुपैयाँ ३३ पैसा रहेको छ ।
स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रुपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ३० पैसा र बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा रहेको छ ।
सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ भने जापानी येन १० को खरिददर आठ रुपैयाँ ९८ पैसा र बिक्रीदर नौ रुपैयाँ दुई पैसा कायम छ ।
चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ नौ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ ।