बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

आइपिओका लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुग्यो

· शनिबार, २३ मंसिर, २०८१ मा प्रकाशित
आइपिओका लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुग्यो
काठमाण्डौँ , मंसिर २३ :

पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।

त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार कूल रू ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार पाँच सय ९६ बराबरको आईपिओ पाइपलाइनमा छ । विभिन्न क्षेत्रका ८० वटा कम्पनीको ३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर आईपिओका लागि बोर्डको प्रक्रियामा छ ।

होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले रु तीन अर्ब ३१ करोड १० लाख बराबरको तीन करोड ५३ लाख ६० हजार कित्ता आइपिओ जारी गर्न निवेदन दिएका छन् ।

साथै ४० वटा जलविद्युत् आयोजनाले कूल रु १६ अर्ब ४१ करोड ३० लाख ७९ हजार चार सय बराबरको १६ करोड ३६ लाख पाँच हजार चार सय ६४ कित्ता बराबर आइपिओ जारी गर्नका लागि बोर्डको प्रक्रियामा रहेका छन् ।

लगानी समूहअन्तर्गत तीन वटा कम्पनीले रु दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार बराबरको एक करोड ५६ लाख ७३ हजार पाँच सय कित्ता आइपिओ जारी गर्नका लागि पाइपलाइनमा छन् ।

उत्पादन तथा प्रशोधनतर्फ १५ वटा कम्पनीले रु २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार छ सय ९६ बराबरको नौ करोड १६ लाख ७५ हजार छ सय ८४ कित्ता आईपिओ निष्कासनको प्रक्रियामा छन् ।

धितोपत्र बोर्डका अनुसार जलविद्युत् समूहतर्फ सबैभन्दा धेरै ४० वटा कम्पनीले आइपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् ।

सानिमा हाइड्रोपावर लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, दरमखोला हाइड्रो इनर्जी लिमिटेड, सान्भी इनर्जी लिमिटेड, बेनी हाइड्रोपावर लिमिटेडलगायत कम्पनीको आइपिओ निष्कासन पाइपलाइनमा छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार