काठमाण्डौँ , साउन २५ :

स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न  लाग्दा ‘ओभरसुट’ गरेको छ । 

बिहान ६ : १० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको फ्लाइट राडरले उल्लेख गरेको छ।

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले जनाए। 

फोटो: टर्किस एयरलाइन्स