
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जस अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ३० र बिक्रीदर एक सय ७३ रुपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५० पैसा र बिक्रीदर ९५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १८ पैसा निर्धारण गरेको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ०१ पैसा र बिक्रीदर नौ रुपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ नौ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ ।