काठमाण्डौँ , मंसिर २५ :

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ ।

बैठकमा भर्खरै  सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणाम र साङ्गठनिक रूपान्तरणका सन्दर्भमा समीक्षा हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

यस्तै, गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनपछि रिक्त सदस्यमा पदपूर्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।