बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचकमा ४५ दशमलव ८८ अङ्कको वृद्धि, ५ अर्ब ५ करोड बराबरको कारोबार

· बुधबार, २७ मंसिर, २०८१ मा प्रकाशित
नेप्से परिसूचकमा ४५ दशमलव ८८ अङ्कको वृद्धि, ५ अर्ब ५ करोड बराबरको कारोबार
काठमाण्डौँ , मंसिर २७ :

बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ४५ दशमलव ८८ अङ्कले बढेको छ । 

दिनभर स्थिर अवस्थामा रहेको सेयर बजारले अन्तिम समयमा सकारात्मक बाटो लिँदा नेप्से परिसूचक १. ७१ प्रतिशतले बढेर २ हजार ७ सय १५ दशमलव ८१ अङ्कमा पुगेको हो । बुधबार बजारमा ५ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

बुधबार २११ वटा कम्पनीको मूल्य बढेको छ । यस्तै २९ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । परिसूचकमा उत्साहजनक वृद्धि भएपनि आज कुनै पनि कम्पनीको सेयरमा सकारात्मक सर्किट भने लागेको छैन । 

आज सबैभन्दा धेरै न्यादी पावर कम्पनीले ९. ९७ प्रतिशत र कुथेल भुकारी स्मल हाइड्रोपावरको ९. ६२ प्रतिशत वृद्धि हुँदा खानीखोला हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ९. ९९ प्रतिशत घटेको छ । 

आज बजारमा १ करोड १३ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । बैङ्किङ समूह सबैभन्दा बढी ३. ४३ अङ्कले बढेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार