
सुर्खेत, साउन २५ :
कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त उपाध्यक्ष सूर्यनाथ योगी, सदस्य डम्मरबहादुर रावल र अशोकनाथ योगीले पद तथा गोपनियताको शपथ लिनुभएको हो ।
नवनियुक्त उपाध्यक्ष तथा सदस्यलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शपथ ग्रहण गराउँनुभएको थियो ।