दार्चुला, पुस ११ :

दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति ९ः २५ बजे दार्चुला केन्द्रबिन्दु भइ ४ म्याग्निच्युडको भूकम्प धक्का महसुस भएको हो । 

यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्युड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्युडको भूकम्प महसुस गरिएको थियो ।