काठमाडौँ, साउन २६ :

काठमाण्डौँ प्लाजा नजिक सडक भासिएको छ । एकतर्फी रहेको सडक भासिदा रातिदेखि नै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

हाल उक्त प्लाजामा काठमाडौं महानगरपालिकाको कार्यालय रहेको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।