आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार शिक्षा

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका पालिकालाई निर्देशन

· शनिबार, १४ पुस, २०८१ मा प्रकाशित
कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका पालिकालाई निर्देशन
फोटो: शिक्षा तथा मानवस्रोत विकास केन्द्र
भक्तपुर, पुस १४ :

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका पालिकाका शिक्षा शाखालाई निर्देशन दिएको छ । 

केन्द्रले देशभरका सात सय ५३ वटै पालिकालाई पत्राचार गर्दै यही पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन निर्देशन दिएको हो ।

केन्द्रले वैकल्पिक शिक्षा प्रणालीबाट भर्ना हुन आएका विद्यार्थी, बिचमा विद्यालय छोडेर पुनःभर्ना हुन आएका विद्यार्थी, विगत वर्षमा प्रणालीमा विवरण अभिलिखित नभएका विद्यार्थी, विदेशी नागरिकका बालबालिका विद्यार्थीहरूको विवरण समेत समावेश गरी अद्यावधिक गराउँदै विवरण पेश गर्न केन्द्रले सबै पालिकालाई भनेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार