
काठमाण्डौँ , पुस १७ :
नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।
आज सुन प्रतितोलामा एक हजारले घटेर एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले घटेको छ ।
आज प्रतितोला चाँदी एक हजार सात सय ६५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।