नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ३ नेतामाथिको कारबाहीलाई अनुमोदन गरेको छ ।
एमाले सचिवालयको गत पुस १० गतेको बैठकले नेता भीमबहादुर रावललाई पार्टीबाटै निष्कासन गर्ने तथा विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनासम्मका लागि खोस्ने निर्णय गरेको थियो ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको केन्द्रीय कमिटी बैठकमा त्यसबारे महासचिव शंकर पोखरेलले प्रस्ताव राखेको र बैठकले अनुमोदन गरेको जानकारी दिए ।
‘राजनीतिक प्रतिवेदन प्रस्तुत भएपश्चात् १० महिनाको अवधिमा भएका पोलिटब्युरो, केन्द्रीय सचिवालयले गरेका निर्णयहरू महासचिवले अनुमोदनको लागि प्रस्ताव गर्नुभयो,’ गौतमले भने, ‘र ती निर्णयहरू अनुमोदन भइसकेका छन् । केन्द्रीय कमिटीमा मनोनयन भएका, केन्द्रीय कमिटीबाट बिदा भएका र अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरूको अनुमोदन भएको छ ।’
यो पनि…
बीआरआईबाट लगानी भित्र्याउन सहयोग पुग्छ : ओली
प्रतिक्रियावादीहरु एमालेविरुद्ध झुटा प्रचारमा लागे : ओली
ओलीको राजनीतिक प्रतिवेदन : अर्थतन्त्रमा सुधार, अपेक्षित गति लिन नसकेको स्वीकार
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे