काठमाडौं, पुस २२ :

लाखौं अमेरिकीहरू एक दशक यताकै सबैभन्दा ठूलो हिउँदे आँधीको चपेटामा परेका छन् । जसले अहिले सम्मकै सबैभन्दा भारी हिमपात र चिसो तापक्रम ल्याउन सक्ने बताईएको छ।

हजारौं उडानहरू  रद्द गरिएका छन् । आँधी अमेरिकाको मध्य क्षेत्रबाट सुरु भएको छ । आगामी केही दिनमा पूर्वतिर सर्ने नेशनल वेदर सर्भिस (NWS) ले जनाएको छ।

कन्सास र मिसौरीमा बढी हिमआँधीको चेतावनी जारी गरिएको छ । भर्जिनिया,कन्सास,अर्कान्सास र मिसौरी राज्यहरूले आपतकालीन अवस्था घोषणा गरेका छन्।

आज अमेरिकाभित्र र बाहिर गरी २ हजार भन्दा बढी उडानहरू ढिलाइ भएका छन् भने १ हजार ५ सय उडानहरू रद्द भएका छन्।

यो हिउँदे आँधी अमेरिकाको पूर्वतिर फैलिँदै गरेको बीबीसीले जनाएको छ ।