काठमाडौँ, पुस २४ :

काठमाडौँमा मङ्गलबार बिहानै भूकम्पको ठुलो धक्का महसुस गरिएको छ । 

बिहान ६ बनेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू चिच्याउदै बाहिर निस्केका छन् ।

काठमाडौँ उपत्यका लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ ।

भूकम्पको धक्का केही सेकेन्ड महसुस भएपनि कति म्याग्निच्युडको हो र क्षति भए/ नभएको भन्नेबारे खुलिसकेको छैन ।