काठमाण्डौं, पुस २४ :

चीनको पहाडी क्षेत्र तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ६२ जना घाइते भएका छन् ।

तिब्बतको पवित्र सिगात्से सहरमा गएको भूकम्प ७.१ म्याग्निच्युडको र गहिराइ १० किलोमिटर रहेको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी मुलुक नेपाल र भारतका केही भागमा पनि महसुस गरिएको थियो ।

सिगात्सेलाई तिब्बतको सबैभन्दा पवित्र शहरको रुपमा लिइन्छ । यो तिब्बती बौद्ध धर्मका एक प्रमुख व्यक्तित्व पञ्चेन लामाको परम्परागत आसन हो जसको आध्यात्मिक अधिकार दलाई लामापछि दोस्रो स्थानमा छ।

सोसल मिडियापोस्टहरूमा भवनहरू भत्किएको देखाइएको छ । त्यहाँ धेरै शक्तिशाली पराकम्पनहरू आएको समाचारमा उल्लेख छ।

बीबीसी