
काठमाडौँ, पुस २६ :
सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम आठ सय रुपैयाँमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० मा बिक्री भइरहेको छ ।
समितिका अनुसार बुधबार थोकमा डल्ले च्याउ प्रतिकेजी अधिकतम दुई सय ८० तोकिएकामा आजका लागि तीन सय ३० तोकिएको छ । साथै घिउ सिमीको मूल्य आज प्रतिकेजी २५ ले घटेर ५० कायम भएको छ ।
आज गोलभेडा ठूलो भारतीय प्रतिकेजी ८०, गोलभेडा सानो लोकल प्रतिकेजी ३०, गोलभेडा सानो भारतीय प्रतिकेजी ३५, गोलभेडा सानो तराई प्रतिकेजी ४०, आलु रातो प्रतिकेजी ४५, आलु रातो भारतीय प्रतिकेजी ४०, प्याज सुकेको भारतीय प्रतिकेजी ७० रुपैयाँ रहेको छ ।