बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश गण्डकी प्रदेश अर्थतन्त्र

काठेखोलाका किसानले बेचे पाँच करोड ४० लाखको सुन्तला

· बिहीबार, २६ पुस, २०८१ मा प्रकाशित
काठेखोलाका किसानले बेचे पाँच करोड ४० लाखको सुन्तला
बागलुङ, पुस २६ :

काठेखोला गाउँपालिका- ६ का किसानले गत वर्षको तुलनामा यस वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । 

गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब दुई करोडले बढी हो । गत वर्ष किसानले तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ । 

वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताउँछन् । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उनको भनाइ छ । 

गाउँपालिकाले गत वर्ष किसानलाई पाँच हजार पाँच सय सुन्तलाका बिरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो । काठेखोला- ६ का किसान लोकनाथ कँडेलले यस वर्ष १२ लाख ५० हजारको सुन्तला बेचिसकेको जानकारी दिँदै एक लाखको बिक्री गर्न बाँकी रहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार