मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
अर्थतन्त्र सेयर बजार

लगातार बढेको नेप्सेमा लाग्यो ब्रेक, १८ अंकले घटे पनि ७ अर्ब ३० करोडको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ पुस, २०८१ मा प्रकाशित
लगातार बढेको नेप्सेमा लाग्यो ब्रेक, १८ अंकले घटे पनि ७ अर्ब ३० करोडको कारोबार
काठमाडौं, पुस २६ :

साताको सुरुवाती कारोबार दिनदेखि नै बढेको नेप्सेमा ब्रेक लागेको छ । अघिल्लो दिन ६ दशमलव ३८ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने १८ दशमलव १४ अंकले घटेर २,६३५.०९ अंकमा झरेको छ ।

यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९७ अंकले घटेर चार सय ४८ दशमलव ५४ अंकमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम भने आज बढेको छ ।

नेप्सेमा आज तीन सय आठ कम्पनीको ७३ हजार तीन सय नौ पटकको कारोबारमा एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसकारण कुल कारोबार रकम सात अर्ब ३० रकोड ५३ लाख ४२ हजार पाँच सय ८१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा होटेल तथा पर्यटन समूहको सूचक ६६ दशमलव २९ अंकले बढेर ६ हजार ६ सय ९६ दशमलव ३५ अंकमा चढेको छ । बाँकी समूहहरुको सूचक उच्च अंकले घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ६ अंकले घटेर १३ सय ८४ दशमलव ६० अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि एक सय १४ दशमलव ४८ अंकले घटेर पाँच हजार चार सय ८८ दशमलव शून्य नौ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि ९१ दशमलव ६५ अंकले घटेर तीन हजार ३३ दशमलव शून्य चार अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि १४ दशमलव ३० अंकले घटेर तीन हजार ६ सय ७४ दशमलव ६२ अंकमा झरेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि एक सय ४६ दशमलव ९८ अंकले घटेर १२ हजार सात सय २० दशमलव ४० अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि ४३ दशमलव शून्य एक अंकले घटेर १२ हजार पाँच सय ७९ दशमलव ३० अंकमा झरेको छ ।

यीबाहेक लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः शून्य दशमलव ३८, ५९, ६३ दशमलव १६, शून्य दशमलव शून्य चार, आठ दशमलव ५१ र ३३ दशमलव ३१ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा बाराही हाइड्रोपावर कम्पनी परेको छ । बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा सप्तकोसी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा भने सुपरमादी हाइड्रोपावर लिमिटेड परेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार