मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद

पेरिस ओलम्पिकको समापन आज

· आइतबार, २८ साउन, २०८१ मा प्रकाशित
Paris Olympic
काठमाडौँ, साउन २८ :

 पेरिस ओलम्पिक-२०२४ आज सकिँदै छ ।

आज मध्यरातमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने भव्य समापन समारोहबीच ओलम्पिक प्रतियोगिताको ३३औं संस्करण पेरिस ओलम्पिक २०२४ को  समापन गरिनेछ ।

समापन समारोह नेपाली समय अनुसार आज राति पौने एक बजे शुरु हुने छ ।

पेरिसमा रहेको पुरानो रंगशाला स्टेडे दे फ्रान्समा ओलम्पिक समापन समारोहको आयोजना गरिदैछ जहाँ ओलम्पिकमा सहभागी सबै खेलाडी र खेल पदाधिकारीहरुलाई विदाइ गर्ने कार्यक्रम छ ।

यसका साथै अबको ४ वर्ष पछि सन् २०२८ मा हुने ३४औं ओलम्पिक आयोजना गर्न अमेरिकाको लस एन्जल्स शहरलाई ओलम्पिम झण्डा हस्तान्तरण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार