
काठमाडौँ, साउन २८ :
पेरिस ओलम्पिक-२०२४ आज सकिँदै छ ।
आज मध्यरातमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने भव्य समापन समारोहबीच ओलम्पिक प्रतियोगिताको ३३औं संस्करण पेरिस ओलम्पिक २०२४ को समापन गरिनेछ ।
समापन समारोह नेपाली समय अनुसार आज राति पौने एक बजे शुरु हुने छ ।
पेरिसमा रहेको पुरानो रंगशाला स्टेडे दे फ्रान्समा ओलम्पिक समापन समारोहको आयोजना गरिदैछ जहाँ ओलम्पिकमा सहभागी सबै खेलाडी र खेल पदाधिकारीहरुलाई विदाइ गर्ने कार्यक्रम छ ।
यसका साथै अबको ४ वर्ष पछि सन् २०२८ मा हुने ३४औं ओलम्पिक आयोजना गर्न अमेरिकाको लस एन्जल्स शहरलाई ओलम्पिम झण्डा हस्तान्तरण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।।