
साताको पहिलो कारोबार दिन आइतबार नेप्से घटेको छ । नेप्से आज २५ दशमलव ४१ अंकले घटेर २६ सय नौ दशमलव ६७ अंकमा झरेको छ ।
यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५५ अंकले घटेर चार सय ४३ दशमलव ९९ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय एक कम्पनीको ४६ हजार ६ सय १४ पटकको कारोबारमा ८० लाख २१ हजार ६ सय ३१ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम तीन अर्ब ९९ करोड ७९ लाख नौ हजार तीन सय २३ रुपैयाँ ८७ पैसामा सीमित भएको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव ९८ अंकले घटेर १३ सय ७२ दशमलव ६२ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ८८ दशमलव ११ अंकले घटेर पाँच हजार तीन सय ९९ दशमलव ९८ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि एक सय नौ दशमलव २५ अंकले घटेर २९ सय २३ दशमलव ७९ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि ५२ दशमलव ९१ अंकले घटेर तीन हजार ६ सय २१ दशमलव ७० अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि १५ दशमलव ६४ अंकले घटेर १२ हजार सात सय चार दशमलव ७५ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि ९२ दशमलव ३१ अंकले घटेर १२ हजार चार सय ८६ दशमलव ९८ अंकमा झरेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ५१ दशमलव ८७, शून्य दशमलव ३९, ९२ दशमलव १६, ४३ दशमलव १९, शून्य दशमलव शून्य आठ, ११ दशमलव ६३ र ४३ दशमलव ९५ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थामा विन लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।